फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफगानी राष्ट्रपति घानी र चिनियाँ परराष्ट्र मन्त्रीबीच अफगानिस्तानमा भेटघाट

(GMT+08:00) 2018-12-16 16:03:40

स्थानीय समय अनुसार डिसेम्बर १५ तारिख अफगानी राष्ट्रपति अश्रफ घानी अहमदजाईले चिनियाँ राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीसँग भेटघाट गर्नुभएको छ।

सो अवसरमा परराष्ट्र मन्त्री वाङले राष्ट्राध्यक्ष सी चिनफिङको शुभकामना सन्देश सुनाइदिनुभएको छ। चीनले अफगानिस्तानसँग प्रयास गर्दै आपसी रणनैतिक साझेदारी सम्बन्धलाई अघि बढाउँदै जाने इच्छा लिएको उहाँले बताउनुभएको छ।

अफगानी राष्ट्रपति घानीले अफगानिस्तानको गृह शान्तिको लागि चीनले निभाएको रचनात्मक भूमिका तथा अफगानी आर्थिक र सामाजिक विकासमा चीनले दिएको समर्थन तथा सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुभएको छ।

जानकारी तथा लेखहरु