फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका परराष्ट्रमन्त्री वाङ यी र अफ्गानिस्तानका सिईओ अबदुल्लाहबीच भेटवार्ता

(GMT+08:00) 2018-12-16 16:13:30

अफ्गानिस्तानका कार्यकारी प्रमुख अब्दुल्लाह अब्दुल्लाहले 15 तारिख काबुलमा चिनियाँ राज्य परिषदका सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यीसँग भेट-वार्ता गर्नुभएको छ।

मन्त्री वाङले प्रधानमन्त्री ली ख छ्याङको हार्दिक अभिवादन हस्तान्तरण गर्नुभयो। चीनले अफ्गानिस्तानसँगै विभिन्न क्षेत्रको सहयोगलाई अगाडि बढाउने इच्छा लिएको कुरा मन्त्री वाङले बताउनुभएको छ।

अफ्गानिस्तानको अर्थतन्त्र तथा समाजमा चीनको समर्थन तथा सहयोगप्रति कार्यकारी प्रमुख अब्दुल्लाहले धन्यवाद व्यक्त गर्नुभयो। अफ्गानिस्तानले चीनको केन्द्रीय फाइदासम्बन्धित मामिलामा निरन्तर रूपमा चीनलाई समर्थन गर्ने पनि उहाँले बताउनुभएको छ।

जानकारी तथा लेखहरु