फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्टाध्यक्ष सी चिनफिङबाट "चीनप्रतिको बुझाई" अन्तर्राष्ट्रिय बैठकलाई शुभकामना सन्देश

(GMT+08:00) 2018-12-16 19:52:31

16 तारिख पैचिङमा तेस्रो "चीनप्रतिको बुझाई" अन्तर्राष्ट्रिय बैठकको आयोजना गरिएको छ। चीनका राष्टाध्यक्ष सी चिनफिङले शुभकामना सन्देश पठाएर बैठकमा सहभागी गन्यमान्य व्यक्तिहरूलाई स्वागत गर्नुभएको छ।

उहाँले पाहुनाहरूले गहिरो छलफलमार्फत चीनप्रतिको बुझाई बढ्नुका साथै विश्वलाई चीनबारे अझ बढी जानकारी प्राप्त भएर चीन र विश्वको आदान-प्रदान तथा सहयोगलाई अगाडि बढाउने आशा गर्नुभएको छ।

"चीनप्रतिको बुझाई" अन्तर्राष्ट्रिय बैठक राष्ट्रिय नयाँ सिर्जना तथा विकसित रणनीति अनुसन्धान संघ, कूटनीतिक संघ र 21औं शताब्दी समितिव्दारा आयोजित गरिएको हो। चालू वर्ष विश्वव्यापी रूपमा लगभग 6 सयजना प्रसिद्ध राजनीतिज्ञ, रणनीतिज्ञ र व्यावसायीहरू उक्त बैठकमा सहभागी भएका छन्।

जानकारी तथा लेखहरु