फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्षको सम्बोधनप्रति अन्तर्राष्ट्रिय समाजको ध्यानाकर्षण

(GMT+08:00) 2018-12-19 15:25:31

सुधार र खुलापन सुरु भएको चालीसौँ वार्षिकोत्सव मनाउन क्रममा हिजो डिसेम्बर अठार तारिख पैचिङ जन वृहत सभा भवनमा विशेष समारोहको भव्य रुपमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सो समारोहलाइ महत्वपूर्ण सम्बोधन गर्नुभएको छ। अन्तर्राष्ट्रिय समाजले उहाँको सम्बोधनलाई उच्च ध्यान दिएका छन्।

रुस तास समाचार समितिले अठार तारिखको समाचारमा राष्ट्राध्यक्ष सीको सम्बोधनलाई चालीस वर्षयता चीनले निरन्तर रुपमा स्वतन्त्र र शान्तिपूर्ण कूटनीतिक नीतिलाई पालना गरी पारस्परिक हित-कल्याण र पूर्ण सफलताको खुला रणनीति लागू गर्दै आएको उल्लेख गरेको छ।

जर्मनीको विश्व अखवारले चालीस वर्षभित्र चीन एउटा मुख्य रुपमा कृषि व्यवसायको मुलुकबाट विश्वको दोस्रो ठूलो आर्थिक समुदाय बनेको सम्प्रेषण गरेको छ। सुधार र खुलापनले चीनलाई आर्थिक सुमृद्ध ल्याउनुका साथै चीनको कूल आर्थिक मात्रा विश्वको पन्ध्र प्रतिशत ओगटेको छ। विदेशी व्यवसायले पनि चीनको सुधार र खुलापन नीतिमा लाभ प्राप्त गर्ने उसको ठम्याइ छ।

जानकारी तथा लेखहरु