फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पुटिनद्बारा 40 वर्षमा चीनको विकास उपलब्धिको उच्च मूल्याङ्कन

(GMT+08:00) 2018-12-21 16:09:42

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हिजो डिसेम्बर 20 तारिख वार्षिक पत्रकार सम्मेलनमा बिगत 40 वर्षयता चीनको विकास उपलब्धिको उच्च मूल्याङ्कन गर्नुभएको छ।

राष्ट्रपतिका अनुसार, ठूलो जनसंख्या बोकेको मुलुकको हैसियतले चीनका लागि स्थिरता र संभावना ज्यादै महत्वपूर्ण रहेको छ। सी चिन फिङ केन्द्रित चिनियाँ कम्युनिष्ट पार्टीले सही निर्णय गरेर चीनको दिगो विकासलाई स्थिर रुपमा प्रत्याभूति दिँदै आएको छ।

हाल रुस र चीन सम्बन्धको वर्तमान विकास अवस्थाबारे चर्चा गर्दै राष्ट्रपति पुटिनले सन्तुष्टि व्यक्त गर्नुभयो। रुस र चीन दुवै देशबीच विविध क्षेत्रमा आपसी सहकार्य पनि लगातार विकसित हुँदै जाने कुरा पनि पुटिनले औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु