फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्षको सम्बोधनप्रति युरोपेली जनमतको ध्यानाकर्षण

(GMT+08:00) 2018-12-21 16:11:06

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले डिसेम्बर अठार तारिख पैचिङमा आयोजित सुधार र खुलापन सुरु भएको चालीसौं वार्षिकोत्सव समारोहमा गर्नुभएको सम्बोधनमा युरोपेली जनमतले निरन्तर ध्यान दिँदै आएको र उच्च मूल्याङकन गरेका छन्। धेरै युरोपेली विद्वानले चीनको सुधार र खुलापन लागू गरेयता प्राप्त उपलब्धि प्रशस्त हुनुका साथै चीनको विकसित उलपब्धिबाट विश्व पनि लाभान्वित भएको बताएका छन्। चीनले खुलापनलाई विस्तृत पार्ने कार्यले विश्व सामाजिक आर्थिक विकासमा सशक्त जीवन्त शक्ति थपेको उनीहरुले बताएका छन्।

नेदरल्याण्ड लिड्न विश्वविद्यालयका चिनियाँ सम्बन्धी विशेषज्ञ मोहम्मद बाघर फोरोघले राष्ट्राध्यक्ष सीले सम्बोधनमा जोड दिनुभएको 'विकास पहिलो स्थानमा राख्नुपर्छ' भन्ने विचार उच्च रहेको बताउनु भएको छ। विगत चालीस वर्षयता चीनले सधैँ नै विकासलाई महत्वपूर्ण स्थानमा राखेको, दृढताका साथ आफ्नो विकास र निर्माणलाई अघि बढाएको, निरन्तर रुपमा विकासमार्फत आएका कठिनाईको समाधान गरेको र चीनको विकासका उपलब्धिबाट विभिन्न पक्षले लाभ प्राप्त गरेर अन्तर्राष्ट्रिय समाजसमक्ष एउटा नमूना स्थापित भएको उहाँले बताउनुभएको छ।

जानकारी तथा लेखहरु