फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व स्थिर र विकासमा चीनले सुधार र खुलापन हितकर

(GMT+08:00) 2018-12-23 18:31:57

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सुधार र खुलापनको 40 औँ वार्षिकोत्सव समारोहलाई गर्नुभएको महत्वपूर्ण सम्बोधनलाई फिलिपन्सले निकै सकारात्मक प्रतिकृया जगाएको छ। फिलिपिन्सका प्रसिद्ध टिप्पणीकार अर्थात् फिलिपिन्स स्टार अखवारका लेखक विल्सन ली फ्रोरेसले अन्तर्वार्ता दिने क्रममा राष्ट्राध्यक्ष सीको सम्बोधनको ज्यादै महत्वपूर्ण अर्थ रहेको भन्दै त्यसले सारा विश्वसमक्ष सकारात्मक संकेत दिएको कुरा औँल्याउनुभएको छ।

लेखक विल्सनका अनुसार, राष्ट्राध्यक्ष सीको सम्बोधनमार्फत विश्वसामु एउटा आत्म-विश्वासिलो चीन देखाइएको छ। चीनले निरन्तर सुधार र खुलापनलाई कायम राख्दै जाने कुरा फिलिपिन्स लगायतका अधिकांश विकासोन्मुख मुलुकहरूका लागि एउटा निकै सकारात्मक संकेत नै हो।

चीनले सुधार र खुलापनलाई कायम राख्ने कुरा आफ्नो विकास र प्रगतिका लागि हितकर हुने भएको मात्र नभई सारा विश्वको आर्थिक विकासका लागि पनि सकारात्मक प्रभाव पार्ने ठहर पनि लेखक विल्सनले गर्नुभएको छ।

जानकारी तथा लेखहरु