फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली क्लबलाई आधा दर्जन पदक

(GMT+08:00) 2019-01-05 15:10:29

तेक्वान्दो एशोसिएसनद्वारा गत आइतबार हङकङको चिङ्गी स्थित साउथ वेस्ट स्पोर्ट्स सेन्टरमा आयोजित राष्ट्रब्यापी पुम्सो प्रतियोगितामा नेपालीहरुद्वारा सञ्चालित क्लबहरुले आधा दर्जन भन्दा बढी पदक जितेको नेपाल खबर अनलाइनले लेखेको छ।

जसमा ग्रान्डमास्टर तुल्सी गुरुङको नेतृत्वमा सञ्चालित हङकङ नेप्लिज तेक्वान्दो एसोसिएसनका खेलाडीहरु बाबातुअन क्रीस्टिनाले स्वर्ण, तथा मेटेरिओ हजेल, पोलिडो जोएल्ञ, पोमारेस मारिलोउ र आमोर्सोलो अनाल्यनले काष्य पदकसहित पाँच पदक पोल्टामा परेका छन्।

त्यसै गरी ग्रान्ड मास्टर रबिन कुमार नाल्बोद्वारा सन्चालित एभरेस्ट तेक्वान्दो एकाडेमी क्लबले चार रजत पदक जित्न सफल भएकाे छ। जित्नेहरुमा सिति मुहरिफह, रस्मियती, रिज्जा जेन र योलन्दाले रजत पदक जितेका छन्।

नेपालीले चलाएको क्लबमा सँधै विदेशीले मात्रै क्लबको ईज्जत धानिदिएको छ, नेपालीहरुले चलाएको क्लबमा नेपालीहरुले नै जितेको समाचार हामीले कहिले लेख्न पाउँछौ? भनी सोधेको प्रश्नमा ग्रान्ड मास्टर नाल्बोले नेपालीहरु पुम्से (काता) भन्दा स्प्यारिङ(फाईटिङ) मा अब्बल रहेका तर खेलमा निरन्तरता दिन नचाहने स्वभावका रहेको बताए।

'क्लब नेपालीले चलाए पनि सबैको लागि हो। हामिसँग सबै जातिका राष्ट्रियताका प्रशिक्षार्थीहरु छन्।' बिशेष गरेर नेपाली बालबालिकाहरु अनियन्त्रित छन्। चिनियाँहरु जस्तो अनुशासित छैनन, फेरि केही राम्रा छन् उनीहरुका अभिभावकहरुले यथेष्ट सहयोग गर्दैनन्। बिचमै ड्रप आउट गर्छन, अनि बयस्क नेपालीहरु कम छन।' नाल्बोले भने 'त्यसकारण विदेशीहरुले बढी जित्ने गरेको हो। उनीहरु तुलनात्मक रुपमा मेहनती हुन्छन्, अनि जित हासिल गर्छन्। फेरि नेपालीहरु पुम्से (काता) भन्दा स्प्यारिङ(फाईटिङ) मा अब्बल छन्।'

एचकेएनटिएसका प्रशिक्षक देउकाजी गुरुङका अनुसार नेपालीहरुद्वारा सञ्चालन गरिएको झन्डै डेढ दर्जन तेक्वान्दो क्लबहरु मध्ये एचकेएनटिएस, एभरेस्ट तेक्वान्दो एकाडेमी र चुङदो क्वान न्यु जेनेरेसन गरि ३ क्लबले मात्र उक्त प्रतियोगिता सहभागी हुने मौका पाउदछन्। हङकङ भरिका झन्डै ४५ क्लबका ५०० प्रतियोगीहरुले उक्त प्रतियोगितामा भाग लिएका थिए।

 

जानकारी तथा लेखहरु