फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चितवन राष्ट्रिय निकुञ्ज यही जनवरी १ देखि प्लास्टिक मुक्त क्षेत्र घोषणा

(GMT+08:00) 2019-01-07 13:54:38

चितवन राष्ट्रिय निकुञ्जलाई यही जनवरी १ तारिखबाट प्लास्टिक मुक्त क्षेत्र घोषणा गरिएको छ। वातावरण मन्त्रालयको अगुवाइमा शुरुवात गरिएको उक्त अभियानमा कोका–कोला नेपाल, नेपाल आर्मी, वल्र्ड वाइड फन्ड (डब्लुडब्लुएफ), राष्ट्रिय प्राकृतिक संरक्षण कोष, हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसीआई), पर्यटन उद्यमी, स्थानिय समुदाय लगायतले सहकार्य गरेका छन्।

डब्लुडब्लुएफका नेपालका प्रतिनिधिले डा.घनश्याम गुरुङका अनुसार विश्वव्यापी समस्याको निकासका लागि स्थानिय समाधान खोजिनुपर्छ, त्यसमध्ये प्लास्टिक पनि एक हो। यस्तै, हिमालयन क्लाइमेट इनिसिएटिभकी सीइओ शिलशिला आचार्यले नेपालमा प्रतिदिन औसतमा करिब २० मिलियन प्लास्टिक ब्यागहरु प्रयोगमा आउने गरेको बताउनुभयो।

कोका–कोला नेपालका कन्ट्री डिरेक्टर अम्बुज सिंहका बिचारमा 'यो कदम हाम्रो ग्रह, समुदायका साथै व्यापारका दृष्टिकोणले पनि निकै उपयुक्त हुनेछ कोका–कोला नेपालले चितवन राष्ट्रिय निकुञ्जबाट जम्मा भएका पुनर्नवीकरण हुन प्लास्टिकजन्य फोहोरलाई सहि तरिकाले रिसाइकिल गर्नेछ।

काठमाडौंमा प्लास्टिक मुक्त क्षेत्र अभियानको सफलता पश्चात चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालनमा ल्याइएको यो अभियानले संरक्षण गरिएको क्षेत्र र अन्य भूभागमा पनि शुन्य प्लास्टिकको पहल प्रभावकारी हुने आशा गरिएको नेपालखबर अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु