फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् २०१८ मा नेपाल घुम्ने पर्यटकमध्ये भारतीय र चिनियाँ सबैभन्दा धेरै

(GMT+08:00) 2019-01-09 13:39:18

सन् २०१८ मा नेपाल आउने पर्यटकमध्ये भारतीय र चिनियाँ पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। सन् २०१८ मा २ लाख ४ सय ३८ भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन् भने चिनियाँ पर्यटकको संख्यामा पनि १ लाख ५३ हजार ६ सय २ पुगेको छ।

सन् २०१८ मा हवाई र स्थलमार्गबाट आउने पर्यटकको संख्या ११ लाख ७३ हजार ७२ पर्यटकले नेपाल भ्रमण गर्दा चिनियाँ र भारतीय पर्यटकको संख्यामा उल्लेख्य वृद्धि देखिएको छ। सन् २०१८ मा गत वर्षभन्दा २४.८ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको छ। सन् २०१७ मा १ लाख ६० हजार २ सय ६८ भातीय पर्यटकले नेपाल भ्रमण गरेका थिए। यसरी हेर्दा भारतीय पर्यटकको संख्या २५.१ प्रतिशतले वृद्धि देखिएको छ भने चिनियाँ पर्यटकको संख्यामा ४६.८ प्रतिशतले वृद्धि देखिएको कारोबार अनलाइनले जनाएको छ।

पछिल्ला दुई वर्ष चिनियाँ पर्यटकको संख्यामा खासै उतार चढाव देखिएको थिएन। "सोचेअनुसार भारतीय पर्यटक ५ लाख र चिनियाँ पर्यटक २ लाख आउनु पर्ने हो तर पनि ल्याउन सकेका छैनौ," होटल संघ नेपाल (हान) का महासचिव विनायक शाहले भन्नुभयो। नेपालले पर्यटनमा छलाङ मार्ने हो भने दुई देशबाटै पर्यटक धेरै भन्दा धेरै भित्र्याउन पहल गर्नुको विकल्प नभएको शाह बताउनुहुन्छ। विगतमा भारतीय नाकाबन्दीका कारण भारतीय पर्यटक बजारमा नेपालबारे नकारात्मक प्रचार हुँदा उल्लेख्य रूपमा वृद्धि नभएको र सन् २०१८ बाट केही सुधार भएको देखिएको शाहको भनाइ छ। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपकराज जोशी पनि नेपालको पूरै ध्यान भारतीय र चिनियाँ बजारमै केन्द्रित भएको बताउनुभयो।

जानकारी तथा लेखहरु