फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको दुई दिने भ्रमणका लागि जापानी विदेशमन्त्री नेपाल जाँदै

(GMT+08:00) 2019-01-09 13:43:53

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा तारो दुई दिने भ्रमणका लागि जापानी विदेशमन्त्री तारो कोनो बुधबार नेपाल पुग्दै हुनुहुन्छ। भ्रमणका क्रममा तारोले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

भ्रमणको पहिलो दिन बुधबार परराष्ट्र मन्त्री ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र तारो नेतृत्वको जापानी प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवर्ता हुनेछ।

भेटपछि दुवै देशका परराष्ट्र मन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्। परराष्ट्र मन्त्री ज्ञवालीले दुई महिनाअघि जापानको औपचारिक भ्रमण गर्नुभएको थियो।

नेपाल जापान सम्बन्ध १८औं शताब्दीको अन्त्यतिरबाट सुरु भएको थियो। तर कूटनीतिक सम्बन्ध भने सन् १९५६ को सेप्टेम्बरमा स्थापना भएको थियो।

सन् १९६५ मा जापानको टोकियोमा नेपाली दूतावासको स्थापना भएको थियो भने जापानले सन् १९६७ मा काठमाडौंमा आफ्नो दूतावास स्थापना गरेको नेपालखबर अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु