फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानी विदेशमन्त्रीद्वारा नेपालका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता

(GMT+08:00) 2019-01-10 13:46:07

नेपालको औपचारिक भ्रमणमा रहेका जापानका विदेशमन्त्री तारो कोनोले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ।

गोरखापत्र अनलाइनका अनुसार बिहीबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीसँग भएको शिष्टाचार भेटमा नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भयो।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली र जापानी विदेशमन्त्री तारो कोनोबीच पनि प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। भेटघाटको क्रममा दुई देशको सम्बन्धका विषयमा छलफल भएको थियो। आजै कोनोको जन्मदिन परेकाले ओलीले उहाँलाई जन्मदिनको शुभकामना समेत दिनुभयो। त्यस्तै कोनोले नेपाल सरकारसँग निरन्तर सहयोग र सहकार्य गर्न जापान तयार रहेको बताउनुभयो।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गत मंसिर १ देखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गर्नुभएको थियो। मन्त्री ज्ञवालीकै निमन्त्रणमा जापानी विदेशमन्त्री कोनो नेपाल भ्रमणमा आउनुभएको हो। विदेशमन्त्री तारो भारत भ्रमण सकेर नेपाल आउनुभएकोमा अब फान्स हुँदै रुस जानुहुनेछ। नेपाल र जापानबीच १ सेप्टेम्बर १९५६ देखि औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदै आएको नागरिकन्यूज डटकमले जनाएको छ।

जानकारी तथा लेखहरु