फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ओमान र यूएईसँग शून्य लागतमा श्रम समझदारी गर्ने नेपालको तयारी

(GMT+08:00) 2019-01-10 13:50:00

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ओमान र यूएईसँग पनि मलेसियाजस्तै शून्य लागतमा कामदार पठाउने सम्बन्धमा श्रम समझदारी (एमओयू) गर्ने तयारी गरेको छ। नेपालले जनवरीभित्र ओमान र यूएईमा प्रारम्भिक अध्ययन र छलफलका लागि प्राविधिक टोली पठाउने तयारी गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ओमान र यूएईसँग पनि मलेसियाजस्तै शून्य लागतमा कामदार पठाउने सम्बन्धमा श्रम समझदारी (एमओयू) गर्ने तयारी गरेको कारोबार अनलाइनले जनाएको छ।

एमओयूका लागि नेपालले जनवरीभित्र ओमान र यूएईमा प्रारम्भिक अध्ययन र छलफलका लागि प्राविधिक टोली पठाउने तयारी गरेको छ। यूएई र ओमानसँग गरिने एमओयूको अवधारणामा अहिलेको आवश्यकताअनुसार निशुल्क रूपमा श्रमिक जानसक्ने वातावरण तयार गर्नेगरी समझदारी गरिने सोच रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले बताउनुभयो।

सरकारले अबदेखि गरिने श्रम समझदारीमा श्रमिको सेवाका शर्त, सुविधा प्रष्ट हुने गरी आतेजाते हवाई शुल्क, म्यानपावरले लिने सेवा शुल्क, अतिरिक्त कामको कानुनअनुसार सेवा सुविधा, सामाजिक सुरक्षा, बिमा, घाइते क्षतिपूर्ति, बिदालगायतका सबै विषय सुनिश्चित हुने गरी एमओयू गर्ने योजना छ। यसैगरी कतारका लागि नेपाल सरकारले कुन मितिमा एमओयू गर्ने भनेर समय माग गरिरहेको छ। कानुनी रूपमा वैदेशिक रोजगारीका लागि ११० देश खुला गरिए पनि हालसम्म ७ वटा देशसँग मात्र द्विपक्षीय श्रमसम्झौता भएको छ।

जानकारी तथा लेखहरु