फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका परराष्ट्रमन्त्रीको भारत भ्रमण

(GMT+08:00) 2019-01-10 13:50:55

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बिहीबार नयाँ दिल्ली गएर 'रायसिना संवादको चौथो संस्करण'मा भाग लिनुहुँदैछ।

मन्त्री ज्ञवालीले उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। अब्जर्भर रिसर्च फाउन्डेसनद्वारा भारतीय विदेश मन्त्रालयको सहकार्यमा हुने सो कार्यक्रमम यस वर्षको विषय 'अ वल्र्ड रिअर्डरः न्यू जिओमेट्रिक्स, फ्ल्युड पार्टनरसिप, अनसर्टेन आउटकम्स' छ।

भ्रमणका अवधिमा मन्त्री ज्ञवालीले भारत सरकारका उच्च अधिकारीसँग समेत भेटघाट गर्नुहुनेछ। मन्त्री ज्ञवाली यही शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ।

जानकारी तथा लेखहरु