फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका लागि चीनकी नवनियुक्त राजदूतद्वारा उपराष्ट्रपतिसँग भेटघाट

(GMT+08:00) 2019-01-11 13:29:18

उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ'सँग नेपालका लागि चीनकी नवनियुक्त राजदूत हाउ याङछीले शिष्टाचार भेट गर्नुभएको छ। भेटमा चीनका उपराष्ट्रपतिले अंग्रेजी नयाँ वर्षको अवसरमा दिएको शुभकामना सन्देश राजदूत याङछीले उपराष्ट्रपतिलाई हस्तान्तरण गर्नुभयो।

भेटमा उपराष्ट्रपतिले नेपाल चीन सम्बन्ध औपचारिक रुपमा सन् १९५५ मा स्थापित भए पनि निकै लामो सम्बन्ध रहेको बताउनुभयो। उहाँले दुई देशबीचको सम्बन्ध जनस्तरसम्म फैलिएको र अत्यन्त प्रगाढ रहेको बताउनुभयो। उहाँले नेपालका लागि चीनका नयाँ राजदूत याङछीको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो।

अन्नपूर्ण पोस्ट अनलाइनका अनुसार उपराष्ट्रति पुनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभयो। उपराष्ट्रतिले नेपालले राजनीतिक स्थायित्व हासिल गरेर विकास र समृद्धिको यात्रामा अगाडि बढिरहेको बताउनुभयो। नेपालको समृद्धिमा चीनको साथ सहयोग रहनेमा विश्वस्त रहेको बताउँदै उहाँले नेपाल चीनसँग छिट्टै रेलमार्गबाट जोडिन चाहेको पनि सुनाउनुभयो।

भेटमा नेपालका लागि चीनका राजदूत होउले चीन र नेपालको सम्बन्ध अत्यन्त घनिष्ठ रहेको र नेपाल आएको छोटो समयमै नेपालले चीनलाई उच्च प्राथमिकतामा राखेको पाएको बताउनुभयो। 'नेपाल आएको दश दिनभित्र मैले उच्च नेतृत्वसँग भेटघाट गर्न पाएँ। अरु देशमा यति सहज हुँदैन', उहाँले भन्नुभयो, 'हामी कति घनिष्ठ छौँ भन्ने यसले देखाउँछ।'

जानकारी तथा लेखहरु