फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट (पर्यटन बजार) सुरु

(GMT+08:00) 2019-01-11 13:31:21

नेपालका पर्यटकीय गन्तव्यमा विदेशी पर्यटकभित्र्याउन गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट (पर्यटन बजार¬¬¬) सुरु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा भएको मार्टको संयोजन नेपाल एसोसियसन आफ ट्राभल एन्ड टुर एजेन्ट नाट्टा नेपालले गरेको हो। लुम्बिनीमा पहिलोपटक ट्राभल मार्ट आयोजना गरिएको हो।

तीन दिनसम्म जारी रहने मार्टमा पर्यटनसम्बन्धी प्याकेज खरिदबिक्री हुने र विभिन्न मुलुकका पर्यटन सम्बद्ध ६३ जना व्यवसायी, ब्लगर, सञ्चारकर्मी सहभागी रहेको नाट्टा नेपालका ५ नम्बर प्रदेशका अध्यक्ष विष्णु शर्माले बताउनुभयो। लुम्बिनीका साथै मुलुकको पर्यटन प्रवद्र्धन गर्न बढीभन्दा बढी विदेशी पर्यटक नेपालभित्र्याउनु कार्यक्रमको उद्देश्य रहेको उहाँले बताउनुभयो। कार्यक्रममा ताइवान, चीनबाट सञ्चारकर्मी, अस्ट्रेलिया, जर्मनी, अमेरिकालगायत देशबाट ब्लगर, माल्दिभ्स, श्रीलंका, भुटानलगायत १७ मुलुकबाट टुर अपरेटर सहभागी छन्।

मार्टका अवसरमा लुम्बिनीसहित कपिलवस्तु, देवदह, रामग्रामलगायत स्थानमा विदेशी पर्यटन व्यवसायी र टुर गाइडलाई अवलोकन गराइ पर्यटकको बसाइ लम्ब्याउने रणनीतिमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। बिहीबारबाट सुरु भएको मार्टअन्तर्गत सहभागीलाई बुद्धको अस्तिधातु सेलाइएको ठाउँ राम्रगामको अवलोकन गराइएको छ। उनीहरूलाई रामग्राम नगरपालिकाले अभिनन्दन गरेको अन्नपूर्णपोस्ट अनलाइनमा खबर छ।

जानकारी तथा लेखहरु