फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जलविद्युत आयोजना सम्बन्धी हिमालयन हाइड्रो एक्स्पो हुने

(GMT+08:00) 2019-01-11 13:33:29

हिमालयन हाइड्रो एक्स्पो माघ ४ देखि ६ गतेसम्म हुने भएको छ। उक्त एक्स्पोमा आउने पाहुनालाई हेलिकप्टरबाट जलविद्युत् आयोजना निर्माणस्थलको अवलोकन गराउने आयोजकको योजना छ। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा उक्त एक्स्पो गर्न लागेका हुन्। यसअघि पनि यस्तै एक्स्पोको आयोजना गरिएको थियो।

नेपालमा दोस्रोपटक हुन लागेको एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको आयोजकको भनाइ छ। नेपालमा जलविद्युत् आयोजनाको सम्भावनाबारे विश्वलाई जानकारी गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो। एक्स्पोमा सहभागी हुन ८५ भन्दा बढी प्रदर्शकले सयभन्दा बढी स्टल बुकिङ गरिसकेको इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले जानकारी दिनुभयो।

राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आगामी माघ ४ गते बिहान ११ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले एक्स्पो उद्घाटन गर्ने योजना छ। जलविद्युत् क्षेत्रको महत्वपूर्ण तथा ठूलो मानिएको यो एक्स्पोमा एक लाखभन्दा बढी अवलोकनकर्ताको उपस्थिति रहने अनुमान गरिएको छ। एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गर्नेछ।

एक्स्पोमा जलविद्युत् प्रवर्द्धक, इक्विपमेन्ट सप्लायर्स, लगानीकर्ता, बैंक तथा बिमा लगायत जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहने नागरिकन्यूज डटकमले लेखेको छ।

जानकारी तथा लेखहरु