फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बुद्ध जन्मस्थल लुम्बिनीमा महिनैपिच्छे कार्यक्रम गर्न पर्यटनमन्त्रीको सुझाव

(GMT+08:00) 2019-01-12 14:31:04

संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले बुद्ध जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार कमी भएको बताउनुभएको छ। लुम्बिनीको प्रचारप्रसार बढाउन हरेक महिना कुनै न कुनै कार्यक्रम आयोजना गर्न मन्त्री अधिकारीले लुम्बिनी विकास कोष र पर्यटन व्यवसायीलाई सुझाव दिनुभएको अनलाइनखबरले लेखेको छ।

शुक्रबार बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्टको उद्घाटन गर्दै मन्त्री अधिकारीले नेपाल संसारकै राम्रो गन्तव्य भएपनि अन्तराष्ट्रिय जगतमा उचित प्रचारप्रसार गर्न नसकिएको बताउनुभयो। 'लुम्बिनी जस्तै धार्मिक र प्राकृतिक सम्पदा, भौगोलिक बनोट, जैविक विविधताका कारण घुम्नका लागि नेपाल संसारकै राम्रो देश हो,' मन्त्री अधिकारीले भन्नुभयो, 'त्यसैले जति धेरै प्रचार प्रसार गर्न सक्छौं,त्यति धेरै पर्यटक बढ्नेछन् ।'

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने तयारी गरिरहेको उल्लेख गर्दै उहाँले २० लाख पर्यटक भित्राउने लक्ष्य सजिलै पूरा हुने दावी गर्नुभयो। 'पर्यटन बोर्ड सचिवालयले काम थालिसकेको छ, २० लाख पर्यटक भित्राउन कुनै गाह्रो छैन,' मन्त्री अधिकारीले भन्नुभयो।

तीन दिनसम्म चल्ने मार्टमा विभिन्न बौद्ध विद्धान, पर्यटन व्यवसायी लगायतले कार्यपत्र प्रस्तुत गरेका छन्। मार्टमा म्यानमार, थाइल्याण्ड, बंगालादेश, अष्ट्रेलिया, जर्मनी, अमेरिका, भारत, माल्दिभ्स, श्रीलंका, भुटान, चीन लगायत गरी १७ वटा मुलुकबाट टूर अपरेटर, ब्लगरहरु, सम्बन्धित देशका सरकारी प्रतिनिधिहरु सहभागी छन्।

जानकारी तथा लेखहरु