फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा रहेको भारतीय नोट साँट्न भारत अनिच्छुक

(GMT+08:00) 2019-01-12 14:34:12

भारतीय विदेश मन्त्रालयले नेपालमा रहेको भारतीय नोटबन्दीका रुपैयाँ साट्ने विषय जटिल भएको बताएको छ। विदेश मन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ताले यस विषयमा नेपालसँग सम्पर्कमा रहेको जानकारी दिएका छन्। 'नेपालमा नोटबन्दीमा भएको भारतीय रुपैयाँका विषय सामान्य होइन, धेरै जटिल विषय हो, यस विषयमा हामी उनीहरु (नेपाल)सँग सम्पर्कमा छौँ' ती प्रवक्ताले भने।

भारतले बजारमा रहेको ९९.३ प्रतिशत रकम फिर्ता भएसँगै प्रतिबन्ध गरिएका भारतीय रुपैयाँ साट्ने प्रक्रिया समाप्त भएको जनाएको थियो। तर नेपालमा रहेका अर्बौ रुपैयाँ साट्ने विषयमा नेपाली पक्षले सरोकार जनाउँदै आएको छ। भारतीय सञ्चार माध्यमहरुले पनि साढे ९ अर्ब भारतीय रुपैया नेपालीसँग रहेको अनुमान गरेका छन्। उनीहरुका भनाईमा, बैंकिङ्ग प्रणालीमा चाहिँ सात करोड भारतीय रुपैयाँ रहेको छ। तर, यो रकम पनि भारतीय पक्षले साट्न चाहेको छैन। खासगरी भारतसँग व्यापार गर्ने व्यापारी, सीमा क्षेत्रमा स्थानीय बासिन्दा र भारतमा काम गरेर स्वदेश फर्किएका नेताहरुसँग यस्तै रुपैयाँ रहेको छ।

सरकारले निर्धारण गरेको लक्ष्य पुरा नभएको, तर जनताले सास्ती पाएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको भारतमा नै चर्को आलोचना हुँदै आएको छ। चार महिनापछि हुने लोकसभा चुनावमा नोटबन्दी पनि एक प्रमुख मुद्दा बन्ने देखिन्छ। भारत भ्रमणमा रहेका नेपाली परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय पत्रकारहरुसँगको कुराकानीमा प्रधानमन्त्री मोदी गत बैशाखमा नेपाल भ्रमणमा आउँदा नेपालले यो विषय उठाएको र नोटबन्दीका नोट साटिनेमा नेपाल अझै आशावादी रहेको बताउनुभएको नेपालखबरले लेखेको छ।

जानकारी तथा लेखहरु