फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थलले ट्राफिक जाम कम गर्न आन्तरिकतर्फ पनि रात्री उडान गर्ने

(GMT+08:00) 2019-01-12 14:37:17

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई ट्राफिक जामलाई कम गर्न आन्तरिकतर्फ पनि रात्री उडानलाई प्राथमिकता दिइएको छ। त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्ध, यति, श्री एयरलाइन्सले बेलुका ६ बजेपछि राती ९ बजेसम्म २५ वटा उडान गर्ने तालिका बनाएका छन्।यसअघि आन्तरिक उडान बेलुका ६ बजे नै बन्द गर्ने गरिएको थियो। तर, अब यात्रुको चापलाई हेरेर एटीआर विमान भएका एयरलाइन्सले रातीको उडान तालिका बनाएका हुन्।

'विहान र दिउँसो विमानस्थलमा हवाई चाप पर्छ, त्यो समयमा उडान तालिका राख्दा 'डिल'ड हुने समस्या पनि बढी हुन्छ,' विमानस्थल कार्यालयका प्रमुख राजकुरमा क्षेत्रीले भन्नुभयो,' बेलुकाकै तालिकामा यात्रुलाई पनि लामो समय एयरपोर्टमा कुर्नुपर्दैन। हामीलाई विमानस्थल सञ्चालनमा पनि सहजता हुन्छ।'

त्रिभुवन विमानस्थलबाट हाल दैनिक १०-१२ वटा उडान रातिकै समयमा हुन थालेको छ। लाइटिङ सिस्टम जडान भएका तराईका एयरपोर्टमा साँझ ६ बजेपछि बढी उडान गराउन लागिएको हो। सिमरा, विराटनगर, भैरहवा, नेपालगञ्जमा रातिको समयमा पनि उडान भर्न सम्भव छ। धनगढीको एयरपोर्टमा पनि साँझसम्म उडान गर्न सकिन्छ। निकट भविष्यमै चन्द्रगढी र जनकपुर एयरपोर्ट पनि राति उडान गर्न योग्य बनाइँदै छ। यी दुई एयरपोर्ट पनि स्तरोन्नतिपछि राती हुने उडान थप्ने योजना विमानस्थल कार्यालयको रहेको अनलाइनखबरमा समाचार छ।

जानकारी तथा लेखहरु