फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालले एक वर्षमा १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता प्राप्त

(GMT+08:00) 2019-01-17 16:22:57

एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ। गत आर्थिक वर्ष २०७४।०७५ मा बहुपक्षीय र द्विपक्षीय दातृ निकायबाट सो सहायता रकम नेपालले पाएको नेपाल खबर अनलाइनले लेखेको छ।

अर्थमन्त्रालयले विकास सहायता प्रतिवेदन सार्वजनिक गर्दै अघिल्लो आर्थिक वर्ष भन्दा सहायता वृद्धि भएको जानकारी गराएको छ। उक्त प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा १६ प्रतिशत वैदेशिक सहायता बढेको देखाएको छ।

अघिल्लो आर्थिक वर्षमा नेपालले १ अर्ब ३९ करोड अमेरिकी डलर सहायता प्राप्त गरेको थियो। उक्त प्रतिवेदन अनुसार नेपालले गत आर्थिक वर्षमा कुल सहायताको ५० प्रतिशत भन्दा बढी ऋण सहयता लिएको थियो। त्यस्तै ३५ प्रतिशत अनुदान सहायता लिएको थियो। दातृ निकायबाट १४ प्रतिशत प्राविधिक सहायता लिएको थियो।

नेपालले प्राप्त गरेको वैदेशिक सहायतामध्ये ७८ प्रतिशत राष्ट्रिय बजेट प्रणालीमार्फत प्राप्त गरेको छ। २२ प्रतिशत रकम प्रणाली बाहिरबाट भित्रिएको छ, अर्थात सहायतको २२ प्रतिशत रकम दातृनिकायले चाहेको क्षेत्रमा खर्च गरेका छन्। प्रतिवेदन सार्वजनिक कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले सन् २०२२ पछि नेपाल विकासशिल मुलकु बन्ने दाबी गर्नुभयो। त्यसपछि दातृ निकायले दिने अनुदान एकदमै कम हुने भन्दै अहिलेदेखि नै ऋणमा फोकस गर्नुपर्ने बताउनुभयो। तर नेपालले वातावरण प्रदुषण र जलवायू प्रदुषको क्षेत्रमा भने अनुदान रकम बढाउनु पर्ने तथा यो अनुदान विकाशील मुलुक भए पछि पनि नहटाउन माग गर्दै आएको उहाँले जानकारी गराउनुभयो।

जलवायु परिर्वतनमा नेपालको भूमिका एकदमै कम रहेकोले त्यसबाट प्रभाव पर्ने क्षेत्रमा दातृ निकायले अनिवार्य अनुदान दिन आवश्यक रहेको उहाँको भनाइ छ। अन्तर्राष्ट्रिय मञ्चमा पनि उक्त कुरा नेपालले उठाइरहेको उहाँले दावी गर्नुभयो।

नेपाललाई अनुदान दिने दातृ निकायमध्ये युरोपेली युनियन एक नम्बरमा देखिएको छ। यस्तै ऋण प्रवाह गर्नेमा विश्व बैंक र प्राविधिक सहायता दिनेमा अमेरिका अगाडि रहेको प्रतिवेदनले देखाएको छ। युरोपेली युनियनले ११ करोड ३२ लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ। यसैगरी दोस्रो स्थानमा रहेको विश्व बैंकले ९ करोड ४७ लाख, तेस्रो स्थानमा रहेको बेलायतले ५ करोड ९१ लाख, चौथो स्थानमा रहेको अमेरिकाले ४ करोड ४४ लाख र पाँचौं स्थानमा रहेको भारतले ३ करोड ९५ लाख अमेरिकी डलर अनुदान नेपाललाई उपलब्ध गराएको देखिएको हो।

ऋण प्रदान गर्नेमा विश्व बैंक अगाडी छ। उसले ४३ करोड ८६ लाख डलर ऋण नेपाललाई उपलब्ध गराएको छ। गत आर्थिक वर्षमा एसियाली विकास बैंकले २५ करोड ८१ लाख, जापानले ७ करोड ६१ लाख, चीनले १ करोड ८५ लाख र भारतले १ करोड ४९ लाख डलर नेपाललाई ऋण दिएका देखिएको छ।

प्राविधिक सहायतातर्फ अमेरिका पहिलो स्थानमा छ। उसको सहायता ७ करोड ३३ लाख डलर छ। यसैगरी बेलायत ६ करोड ४७ लाखसहित दोस्रो स्थानमा, राष्ट्रसंघीय देश समूह ३ करोड ३५ लाखसहित तेस्रो स्थानमा, जर्मनी १ करोड ९२ लाखसहित चौथो र जापान ८६ लाख डलरसहित पाचौँ स्थानमा रहेका छन्।

जानकारी तथा लेखहरु