फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका लागि चिनियाँ राजदूत र नेपाली सेनाका प्रधान सेनापतिबीच भेटवार्ता

(GMT+08:00) 2019-01-18 16:50:33

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत होउ यान्छीले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ। हिजो बिहीबार उहाँहरुबीचमा भेटवार्ता भएको काठामाडौँ पाटी अनलाइनले लेखेको छ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राजदूत होउ यान्छीबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। चीनले नेपाली सेनालाई पुर्‍याइरहेको सहयोग तथा भविष्यमा दुई पक्षबीचमा हुने सहयोग आदानप्रदानमा पनि कुरा भएको छ।

चिनियाँ राजदूत होउ यान्छी गत महिना मात्र नेपालका लागि राजदूत नियुक्त भएर काठमाडौँ जानु भएको हो। राजदूत भएर काठमाडौँमा गएपछि उहाँले दुई पक्षीय शिष्टाचार भेटघाट गरिरहनु भएको छ।

जानकारी तथा लेखहरु