फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतले सगरमाथाको फोहोर व्यवस्थापन गर्ने

(GMT+08:00) 2019-01-20 14:32:55

हालै सगरमाथा पर्वतारोहण प्रबन्ध नियमसम्बन्धी सुझाव संकलन बैठक चीनको स्वायत्त प्रदेश तिब्बतको ल्हासामा आयोजना भएको छ। पर्वतारोहण फोहोर प्रबन्ध कार्यको स्थिर प्रणाली स्थापना गरेर प्रणालीगत रुपमा सगरमाथा पर्वतारोहणमा हुने फोहोरको व्यवस्थापन गर्ने सो नियमको लक्ष्य रहेको छ।

तिब्बत स्वायत्त प्रदेशीय खेलकुद ब्यूरोका प्रमुख निमाछिरिङले जानकारी दिनुभए अनुसार, सन् 2006 मा पारित तिब्बत स्वायत्त प्रदेशको पर्वतारोहण नियममा वातावरण संरक्षणसम्बन्धी माग निश्चित भएको थियो भने हरेक वसन्त ऋतुमा मात्रै पर्वतारोहण सेवा प्रदान हुने गर्दछ। सो नियम अनुसार तीन सय व्यक्तिलाई मात्र सगरमाथाको आरोहण अनुमति दिइन्छ। सन् 2019 मा पर्वतारोहण प्रबन्ध नियम सुधार गरी पर्वतारोहण कार्यलाई सामान्यीकरण गर्ने, पर्वतारोहण सेवाको मापदण्ड तोक्ने, पर्वतारोहण सेवा स्तर उकास्ने, पर्वतारोहण उद्योगको उच्चस्तरीय विकास बढाउने निमाछिरिङले बताउनुभयो।

जानकारी तथा लेखहरु