फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

टोकियोमा सीपीटीपीपीको पहिलो मन्त्रीस्तरीय सम्मेलन

(GMT+08:00) 2019-01-20 14:44:06

कम्प्रिहेन्सिभ प्रोग्रेसिभ ट्रान्सप्यासिफिक पाटर्नरसिप अर्थात् टीपीटीपीपी हस्ताक्षर भएयताको पहिलो मन्त्री स्तरीय सम्मेलन हिजो जनवरी उन्नाइस तारिख जापानको टोकियोमा आयोजना भएको छ। सम्मेलन सकिएपछि सहभागी एघार सदस्य मुलुकले संयुक्त वक्तव्य प्रकाशित गरी संरक्षणवादको विरोध र स्वतन्त्र व्यापारको समर्थन गर्ने अडान देखाएका छन्।

सो सम्मेलनले टीपीटीपीपीमा संलग्न हुने इच्छा रहेका मुलुक वा क्षेत्रले गर्नुपर्ने वार्ता प्रक्रियालगायत विषयबारे छलफल गरी निश्चिन मापदण्ड तोकेको छ। सम्मेलन सकिएपछि संयुक्त वक्तव्य प्रकाशित गरी व्यापार संरक्षणवादको प्रतिरोध गर्न स्वतन्त्र व्यापारलाई बढाएर टीपीटीपीपीको मात्रालाई बढाउनुपर्ने उल्लेख गरेको छ।

सन् 2017 को जनवरीमा अमेरिकाले ट्रान्सप्यासिफिक पाटर्नरसिप सम्झौता छोडेको थियो। यसका अन्य एघार मुलुकले निर्णय गरी सीपीटीपीपीको स्थापना गरेका हुन्। सन् 2018 को डिसेम्बर तीस तारिख सीपीटीपीपी ‌औपचारिक रुपमा स्थापना भएको हो।

जानकारी तथा लेखहरु