फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर कोरिया र अमेरिकी प्रतिनिधिको बैठक स्वीडेनमा

(GMT+08:00) 2019-01-20 14:44:30

स्विडेनको टिडनिडगार्नास टेलेग्रामब्रा अर्थात् टीटीका अनुसार, उत्तर कोरिया र अमेरिकाका प्रतिनिधिको स्विडेनमा बैठक आयोजना हुनेछ। भविष्यमा अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जुङ ऊनबीचको वार्तालगायत विषय यही बैठकमा समावेश छन्।

टीटीले स्विडेन विदेशमन्त्रालयको प्रेस अधिकारीलाई उद्धृत गर्दै अमेरिकी विदेशमन्त्रालयका उत्तर कोरियासम्बन्धी विशेष प्रतिनिधि स्टिफन बिगुनले स्विडेन जाँदै र उहाँले स्विडेन विदेशमन्त्रालयबाट आयोजना हुने एक सानो गोलमेच बैठकमा भाग लिनुहुने लेखेको छ।

स्विडेन विदेशमन्त्रालयले सो बैठको ठोस समय र स्थान सार्वजनिक गरेको छैन साथै उत्तर कोरियाका उप-विदेशमन्त्री चोए सोन हुइबाहेक अरु सहभागीको नामको पनि सार्वजनिक गरेको छैन।

जानकारी तथा लेखहरु