फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेक्सिकोमा पेट्रोल च्यानल विस्फोटनप्रति सीको समवेदना सन्देश

(GMT+08:00) 2019-01-20 19:05:41

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मेक्सिकोमा पेट्रोल च्यानल विस्फोटन भई ठूलो मानव क्षति भएकोमा मेक्सिकोका राष्ट्रपति लोपेजलाई समवेदना सन्देश पठाउनुभएको छ।

समवेदना सन्देशमा सी चिन फिङले मेक्सिकोको मध्य भागमा पेट्रोल च्यानल विस्फोटन भई ठूलो मात्रामा मानवीय क्षति भएको खबर पाएपछि आफूले चीन सरकार र चिनियाँ जनता तथा आफ्नो व्यक्तिगत तर्फबाट मृतकप्रति हार्दिक श्रद्धान्जली ज्ञापन गर्नुका साथै मृतकका परिवार र घाइतेप्रति हार्दिक समवेदना प्रकट गरेको व्यक्त गर्नुभयो। चीनले आवश्यक सहयोग गर्ने इच्छा लिएको पनि सीले आफ्नो समवेदना सन्देशमा उल्लेख गर्नुभएको छ।

जानकारी तथा लेखहरु