फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा लगानी गर्न आग्रह

(GMT+08:00) 2019-01-21 13:37:01

बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा लगानी गर्न बुटवल उद्योग वाणिज्य संघले अन्तर्राष्ट्रिय क्षेत्रका उद्योग वाणिज्य संघ र वरिष्ठ उद्योगपतिहरुलाई आग्रह गरेको छ। भारतको गुजरातमा तीन दिनसम्म चलेको गुजरात ग्लोवल समिटका अवसरमा आयोजित गोष्ठीमा सहभागी एक सय बढी उद्योग वाणिज्य संघ र वरिष्ठ उद्योगपतिहरुलाई संघका अध्यक्ष खिमबहादुर हमालले बुद्धजन्मस्थल लुम्बिनीको अवलोकन गर्न र यस क्षेत्रमा लगानी गर्न उनीहरुसँग आग्रह गर्नुभयो।

समिट समापन अघि भएको लगानी तथा व्यापार गोष्ठीमा अध्यक्ष हमालले नयाँ संविधान निर्माण र स्थिर सरकार गठनपछि नेपालमा लगानीको वातावरण बनेको बताउनुभयो। उहाँले प्रदेश सरकारले आगामी वर्षलाई लुम्बिनी भ्रमण वर्ष र नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको घोषणा गरेकाले सो अवसरमा नेपाल आउन पनि आग्रह गर्नुभएको अनलाइनखबरले लेखेको छ।

संघका पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले नेपाल र भारतबीचको बढ्दो ब्यापार घाटालाई सन्तुलन कायम गर्न भारतका उद्योगीहरुले लगानी बढाउन आवश्यक भएको सुझाउनुभयो। नेपालमा कृषि, पर्यटन र जलविद्युतमा पर्याप्त सम्भावना भएको तर नेपाली पुँजीले मात्रै नपुग्ने भएकाले अन्तर्राष्ट्रिय लगानीकर्तालाई राम्रो अवसर भएको उल्लेख गर्नुभयो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको समिटमा नेपाल उद्योग वाणिज्य महासंघसहित २६ देशका उद्योग वाणिज्य संघले कार्यपत्र तथा आफ्नो देशको उद्योग व्यापारको अवस्था बारेमा जानकारी दिए।

जानकारी तथा लेखहरु