फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2018 चीनको कूल गार्हस्थ उत्पादन 900 ख‍र्ब चिनियाँ युआनभन्दा बढी

(GMT+08:00) 2019-01-21 15:30:44
चीनको राष्ट्रिय तथ्यांक व्यूरोले 21 तारिख सार्वजनिक गरेको तथ्यांक अनुसार, प्रारम्भिक तथ्यांकमा सन् 2018 मा चीनको कूल गार्हस्थ उत्पादन 900 खर्ब चिनियाँ युआनभन्दा बढी भएको छ। जुन सन् 2017को तुलनामा 6.6प्रतिशतले वृद्धि हुनुका साथै 6.5 प्रतिशत बराबरको निर्धारित विकास लक्ष्य साकार भएको प्रतीक हो।

त्रैमासिक अवधिबाट हेर्दा पहिलो त्रैमासिक अवधिमा सन् 2017को तुलनामा 6.8 प्रतिशतले वृद्धि भएको छ भने दोस्रो त्रैमासिक अवधिमा 6.7 प्रतिशतले वृद्धि भएको छ। त्यस्तै तेस्रो त्रैमासिक अवधिमा 6.5 प्रतिशतले वृद्धि भएको छ भने चौथो त्रैमासिक अवधिमा 6.4प्रतिशतले वृद्धि भएको छ।

जानकारी तथा लेखहरु