फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2019को वसन्त चाडको आवागमन शुरु

(GMT+08:00) 2019-01-21 15:33:09

सन् 2019को वसन्त चाडको आवागमन आज जनवरी 21 तारिखदेखि शुरु भएको छ। बाहिर काम गर्न सक्दो प्रयास गरिरहेका चिनियाँहरूले घर फर्कने यात्रा थालेका छन्। हाल सुविधाजनक यातायात र राम्रो सेवा भएका कारण चिनियाँहरू घर फर्कने बाटो टाढा छैन।

जनवरी 21 तारिख सबेरै साडे १२ बजेतिर, के 4051 नम्बरको रेल पैचिङ रेलवे स्टेशनबाट प्रस्थान गर्यो। वसन्त चाडको रेलमार्ग आवागमन पनि शुरु भएको छ।

चीनले सुधार तथा खुलापनको नीति लागू गर्नुका साथै धेरै चिनियाँहरू रोजगारीका लागि शहर र अध्ययनका लागि जन्मथलोबाट बाहिर गएका कारण छुन युन अर्थात् वसन्त चाडको आवागमन शुरू भएको हो। सन् 2012देखि हालसम्म हरेक वर्ष वसन्त चाडको आवागमन संख्या मानिसको संख्याका हिसाबबाट हेर्दा तीन अर्ब बराबर पुगेको छ।

चीनको नागरिक उड्डयन व्यूरोका उपनिर्देशक तुङ चि यिले आधुनिक सूचना प्रविधिको प्रयोग गरी चीनका मुख्य विमानस्थलहरूमा "कागजरहित" यात्राले यात्रुहरूका लागि सुविधा उपलब्ध गराएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु