फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आर्थिक विकासलाई स्वस्थ र दिगो पार्नुपर्नेमा राष्ट्राध्यक्ष सीको जोड

(GMT+08:00) 2019-01-21 19:02:48

प्रान्तीय प्रमुखको लागि ठूला खतराको सामना विषयक गोष्ठी २१ तारिख बिहान चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय स्कूलमा शुरू भएको छ।

पार्टीका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङले सो गोष्ठीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी विचारको निर्देशनमा वाह्य वातावरण परिवर्तन एवम् चीनमा सुधार तथा विकास र स्थिरता सामु देखापरेका नयाँ अवस्था, समस्या तथा चुनौतीको गहिरो तथा सही रूपमा बुझ्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, 'सिमारेखाको विचार गर्दै अडानपूर्वक नियन्त्रण क्षमता बढाउनुपर्छ। ठूला खतराको सामनामा ध्यान दिँदै आर्थिक विकासलाई स्वस्थ र दिगो पार्दै जानुपर्छ।'

सम्पन्न समाजको सर्वाङ्गीण विकास गर्दै नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादमा विजय प्राप्त गरेर चिनियाँ राष्ट्रको महान पुनरूत्थानको कार्यान्वयन भन्ने चिनियाँ सपनाको लागि बलियो प्रत्याभूति दिनुपर्नेमा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभयो।

जानकारी तथा लेखहरु