फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ अर्थतन्त्रको लिखत हेर्दा तर्कसंगत र आशावादी हुनुपर्छ

(GMT+08:00) 2019-01-21 19:10:26

चीनले आज 21 तारिख सन् 2018 चिनियाँ अर्थतन्त्रको लिखत अर्थात् ट्रान्सक्रिप्ट सार्वजनिक गरेको छ। त्यसमध्ये चीनको कूल गार्हस्थ उत्पादन 900 खर्ब चिनियाँ युआनभन्दा बढी पुगेको छ। जुन सन् 2017को तुलनामा 6.6प्रतिशतले वृद्धि हुनुका साथै 6.5 प्रतिशत बराबरको निर्धारित विकास लक्ष्य साकार भएको प्रतीक हो। साथै सीपीआई 2.1 प्रतिशतले बढेर 3 प्रतिशतको निर्धारित लक्ष्यको तुलनामा कम भएको देखिन्छ।

नयाँ रोजगारी 1 करोड 36 लाख 10 हजार थपिएको छ। प्रति वासिन्दा सरदर खर्च क्षमता आय 28 हजार 2 सय 28 चिनियाँ युआन पुगेको छ। यी मुख्य आर्थिक सूचकांकबाट हेर्दा चीन गत वर्षको सुरूमा प्रस्तुत आर्थिक वृद्धि निर्धारित लक्ष्य तुलनात्मक रूपमा साकार तुल्याएर विश्व आर्थिक वृद्धिको बलियो इन्जिन पनि हो। जटिल अन्तर्राष्ट्रिय वातावरणमा सन् 2018 मा चीनको अर्थतन्त्रले बलियो लचक र जोखिम प्रतिरोध क्षमता देखाएर स्थिरताका साथ प्रगति हासिल गरेर उच्च गुणस्तरीय विकासको ट्रयाक समातेको छ।

चिनियाँ राष्ट्रिय तथ्यांक व्यूरोले वर्तमान चीनको आर्थिक सञ्चालनमा स्थिरतामा परिवर्तन र परिवर्तनमा चिन्तायुक्त अवस्थाको पुष्टी गरेको छ। गत वर्षको अन्तिममा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको आर्थिक बैठकले महत्वपूर्ण निर्णय गर्यो। चीन महत्वपूर्ण रणनैतिक मौकामा रहेको छ र दीर्घकालसम्म रहनेछ। चिनियाँ अर्थतन्त्रको स्वास्थ्य तथा स्थिर विकासको आधारभूत अवस्थामा कुनै परिवर्तन छैन, उच्च गुणस्तरीय विकासलाई समर्थन दिने उत्पादन कारकतत्वमा कुनै परिवर्तन छैन, र दीर्घकालमा स्थिरताका साथ राम्रो दिशातर्फको मुख्य प्रवृतिमा परिवर्तन छैन भन्ने कुरा सन् 2018 चिनियाँ अर्थतन्त्रको ट्रान्सक्रिप्टबाट देखाइएको छ। जसले चिनियाँहरूलाई निरन्तर रूपमा आफ्नो काम गर्न प्रोत्साहन गर्नेछ। विश्व चिनियाँ अर्थतन्त्रको भविष्यप्रति आशावादी हुनुपर्छ।

जानकारी तथा लेखहरु