फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र कम्बोडियाका प्रधानमन्त्री हुन् सेनबीच भेटघाट

(GMT+08:00) 2019-01-21 19:29:40

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जनवरी 21 तारिख पैचिङमा चीनको भ्रमणमा रहनुभएका कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग भेटघाट गर्नुभएको छ।

चीनको औपचारिक भ्रमणका लागि स्वागत गर्दै राष्ट्राध्यक्ष सीले गत वर्ष चीन र कम्बोडियाको दौत्य सम्बन्धको स्थापनाको साठीऔं वार्षिकोत्सव भएको र दुई मुलुकको सम्बन्धले उच्च स्तरीय विकासलाई कायम राखेको स्मरण गर्नुभयो। उहाँले हाल चीन र कम्बोडिया सम्बन्धका सामु नयाँ मौका देखापरेको भन्दै चीनले कम्बोडियासँग मिलेर दुई मुलुकको रणनैतिक अर्थ रहेको भाग्य समुदायको स्थापनालाई लक्ष्यको रुपमा अपनाएर दुई मुलुकको सम्बन्धमा नयाँ भर्‍याङ चढ्न चाहेको बताउनुभयो।

जवाफमा कम्बोडियाली प्रधानमन्त्री हुन सेनले सोही दिन बिहान चीनको सुधार तथा खुलापनको चालीसौं वार्षिकोत्सवसम्बन्धी प्रदर्शनीको अवलोकन गरेको भन्दै चीनले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा ठूलो उपलब्धि हासिल गरेकोमा शुभकामना व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु