फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ विदेशमन्त्री वाङ यीद्वारा फ्रान्स र इटालीको भ्रमण गर्ने

(GMT+08:00) 2019-01-21 19:48:22

फ्रान्सेली राष्ट्रपतिका कूटनीतिक सल्लाहकार फिलिप एटिएने र इटालीका विदेश मन्त्री एन्जो मोआभेरो मिलानेसीको निमन्त्रणामा चीनको राज्य परिषदका सदस्य एवम् चीनका परराष्ट्र मन्त्री वाङ यीले जनवरी 23 तारिखदेखि 26 तारिखसम्म फ्रान्समा आयोजना हुने चीन-फ्रान्स रणनैतिक वार्ताका आयोजकहरूको अठारौं वार्तामा भाग लिनुहुने भएको छ। त्यस क्रममा उहाँले इटालीको भ्रमण गर्नुका साथै चीन-इटाली सरकारी समितिहरूको नवौं संयुक्त बैठकको पनि अध्यक्षता गर्नुहुने कार्यक्रम छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यिङले जनवरी 21 तारिख उक्त कुराको घोषणा गर्नुभएको हो।

जानकारी तथा लेखहरु