फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युगुर जातीय महिलाबारे सी.एन.एन.को रिपोर्ट गलत भएको चीनको ठहर

(GMT+08:00) 2019-01-22 16:25:08

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यिङले जनवरी 21 तारिख नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनको सम्बन्धित विभागको छानबिन अनुसार, युगुर जातीय महिलाहरू ऊरुमुछीको जेलमा थुनिएकी, युगुर जातिका नौ जना महिलाको मृत्यु हुनुका साथै एकजना महिलाका छोराको ऊरुमुछी बालअस्पतालमा मृत्यु भएको सम्बन्धमा अमेरिकी सी.एन.एनको जानकारी "गलत" भएको बताउनुभएको छ। साथै उहाँले सम्बन्धित सञ्चार-माध्यमले समाचारको पेशागत नैतिकतालाई गम्भीर रुपमा अक्षरशःपालना गर्न तथा नक्कली समाचार उद्धृत नगर्ने आशा चीनले लिएको कुरा बताउनुभएको छ। अमेरिकाका सम्बन्धित सांसदले वास्तविकताको सम्मान गर्ने, चीनको धार्मिक नीति र सिन्च्याङको शासन नीतिको बदनामी रोक्ने आशा चीनले गरेको पनि प्रवक्ता व्हाले बताउनुभयो।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कार्यालयले जनवरी अठार तारिख सी.एन.एन.को इमेल पाएपछि यो समस्यामा महत्व दिएको बताउँदै सक्दो छिटो सिन्च्याङ युगुर स्वायत्त प्रदेशको सम्बन्धित विभागबाट अवस्थाबारे जानकारी लिएको र ती महिलाको ठोस अवस्थाबारे जानकारी लिएको छ। तर सी.एन.एन.ले छानबिन नतिजा पर्खेको छैन र सप्तहान्तमा सम्बन्धित जानकारी प्रकाशित गरेको छ।

व्हाकाअनुसार, सी.एन.एन.को जानकारीमा चर्चा गरिएका युगुर जातिकी महिलाको नाम मिरिगुल टुर्सुन हो। उनी सिन्च्याङको पा चौको छेन मो जिल्लाकी वासिन्दा हुन्। सन् 2010 अगष्ट महिनामा उनले चीनमा एकजना इरानीसँग विहे गरेकी थिइन्। सन् 2012 जनवरी महिनामा उनले फेरि इजिप्ट गएर एकजना इजिप्टका नागरिकसँग विहे गरिन्। सन् 2015 अप्रिलमा उनले इजिप्टमा तीन जना बच्चा जन्माइन्।

जानकारी तथा लेखहरु