फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका नव निर्वाचित निरस्त्रीकरण राजदूत ली सुङः चीन शान्तिपूर्ण विकास बाटोमा दृढताका साथ अडिग लागिरहने

(GMT+08:00) 2019-01-22 16:34:02

जेनेभास्थित संयुक्त राष्ट्र संघीय कार्यालय र स्विजर्ल्याण्डस्थित अरु अन्तर्राष्ट्रिय संगठनका लागि चीनका स्थायी उप प्रतिनिधि एवम् निरस्त्रीकरण राजदूत ली सुङले निरस्त्रीकरण वार्ता सम्मेलनको सन् 2019 पहिलो वार्षिक बैठकमा पहिलो भाषण गर्नुभएको छ। ली सुङले चीन शान्तिपूर्ण विकास बाटोमा दृढताका साथ अडिग लागिरहने, कहिल्यै एकाधिकार नखोज्ने र विस्तारको चाहना नराख्ने भन्दै इतिहासले यो कुराको पुष्टी गरिसकेको र निरन्तरता दिँदै जाने कुरा बताउनुभएको छ।

ली सुङले नयाँ शताव्दीयता अन्तर्राष्ट्रिय परिस्थिति र ठूला मुलुक सम्बन्धमा महत्वपूर्ण परिवर्तन भएको बताउँदै मानवीय समाज भाग्य समुदाय क्रमशःबनेको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु