फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा आपतकालीन व्यवस्थापन अवस्थाको सुधार सबल

(GMT+08:00) 2019-01-22 18:34:57

चीन आपतकालीन व्यवस्थापन मन्त्रालयका अधिकारीले २२ तारिख पैचिङमा बोल्दै गत वर्षको वसन्तमा स्थापित यसै मन्त्रालयको संस्थागत सुधार स्थिर रूपमा अघि बढाउँदै नयाँ युगमा चिनियाँ विशेषतायुक्त आपतकालीन व्यवस्थापन अवस्था बनिसकेको जनाएका छन्। चालू वर्ष यसै मन्त्रालयमा संस्थागत सुधारमा निरन्तरता दिँदै प्रकोपबाट ल्याइने क्षतिलाई सबभन्दा ठूलो परिधिमा घटाउने आशा गरिएको छ।

९ महिनाअघि स्थापित आपतकालीन व्यवस्थापन मन्त्रालयमा पूर्व ११ मन्त्रालयका १३ वटा भूमिकालाई मिलाइएको हो। आपतकालीन प्रतिक्रिया छलफल अवस्था स्थापित भएको साथै संगठनको विस्तृत निर्देशन तरिका बनेको छ। साथै प्रकोप नियन्त्रण, उद्धार तथा सहयोग भन्ने एकीकृत संचालन मोडल बनाइएको छ। राष्ट्रिय मिलिजुली अग्नि नियन्त्रण उद्धार टोली, २७ वटा पेशागत उद्धार टोली, क्षेत्र-क्षेत्र जोडिने उद्धार शक्तिहरू तथा ७ वटा राष्ट्रिय उद्धार टोलीको गठन पनि गरियो। मन्त्रालय स्थापित भएपछि उत्पन्न भएको कार्य प्रणालीप्रति आपतकालीन व्यवस्थापन मन्त्रालयका उप मन्त्री चङ कोक्वाङले सन्तोष व्यक्त गर्नुभएको छ।

आपतकालीन व्यवस्थापन अवस्थाको भावी सुधारबारे चर्चा गर्दै उप मन्त्री सुन ह्वाशानले निवारण, संचालन तथा उद्धार भन्ने ३ वटा क्षेत्रमा ध्यान दिने जानकारी दिनुभएको छ।

जानकारी तथा लेखहरु