फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ नागरिक मङलाई तुरून्तै रिहा गर्नुपर्ने चीनको माग

(GMT+08:00) 2019-01-22 18:50:15

अमेरिकाले चिनियाँ नागरिक मङ वानचौलाई सुपुर्दगी गर्न औपचारिक अनुरोध प्रस्तुत गर्नुपर्ने सूचना क्यानाडालाई दिएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयीङले २२ तारिख यसबारे चर्चा गर्दै क्यानाडाले मङलाई तुरून्तै रिहा गर्ने र उहाँको वैधानिक हक-अधिकारको संरक्षण गर्न चीनले ताकिता गरेको जनाउनुभएको छ। साथै अमेरिकाले चाँडै गल्ती सच्याएर मङको पक्राउको आदेश रद्द गर्नुका साथै क्यानाडासँग सुपुर्दगीको माग नगर्न पनि चीनले आग्रह गरेको छ।

मङको मुद्दा सामान्य होइन र क्यानाडाले क्यानाडा-अमेरिका सुपुर्दगी सन्धिको दुरूपयोग गरेमा चिनियाँ नागरिकको सुरक्षा तथा वैधानिक हक-अधिकारको गम्भीर उल्लंघन गरेको ठहर्ने पनि प्रवक्ता ह्वाले दाबी गर्नुभयो।

जानकारी तथा लेखहरु