फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री लीसहित चिनियाँ नेताहरूद्वारा कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग भेटघाट

(GMT+08:00) 2019-01-22 19:24:56

चीनका प्रधानमन्त्री ली ख छ्याङले आज जनवरी २२ तारिख पैचिङमा कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग भेटवार्ता गर्नुभएको छ। साथै उहाँहरूले चीन र कम्बोडियाबीचका अनेकौं सहयोगात्मक दस्तावेजको हस्ताक्षरमा साक्षी बस्नुभएको छ।

लीले चीन सरकारले चीनका उद्योग-व्यवसायहरूलाई कम्बोडियाको यातायात, विजुलीआदि आधारभूत प्रबन्धको निर्माण र संचालनमा संलग्न हुन समर्थन दिनुका साथै कम्बोडियाले आवश्यक सहुलियत अवस्था उपलब्ध गराउनसक्ने आशा लिएको कुरा बताउनुभयो। चीनले कम्बोडियालाई विकास गति प्रदान गर्न र सर्वसाधारण जीवनमा सुधार गर्न निरन्तर रुपमा मद्दत दिने आशा लिएको कुरा लीले बताउनुभयो।

हुन सेनले कम्बोडियाले जन गणतन्त्र चीनको स्थापनाको सत्तरीऔं वार्षिकोत्सवप्रति शुभकामना दिएको कुरा बताउनुभयो। उहाँले कम्बोडियाले चीनसँग दुई मुलुकको चौतर्फी रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धमा ठूलो विकास प्राप्त गर्ने आशा लिएको कुरा बताउनुभयो।

सोही दिन चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समितिका अध्यक्ष ली चान शु, चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ याङले पनि बेग्ला-बेग्लै रुपमा हुन सेनसँग भेटघाट गर्नुभयो।

जानकारी तथा लेखहरु