फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालVभारत ऊर्जा सचिवस्तरीय बैठकमा भाग लिन भारतीय ऊर्जा सचिवको टोली काठमाडौंमा

(GMT+08:00) 2019-01-23 15:15:43

पोखरामा बुधबार र बिहीबार हुने नेपालVभारत ऊर्जा सचिवस्तरीय छैटौं जोइन्ट स्टेयरिङ कमिटी (जेएसटीसी) को बैठकमा भाग लिन भारतीय ऊर्जा सचिवको टोली काठमाडौं आइपुगेको छ।नेपाल र भारतबीचको सचिवस्तरीय बैठक भोलि बुधबार र बिहीबार पोखरामा हुँदै छ। पोखरामा हुने दुवै देशको ऊर्जा सचिवस्तरीय बैठकमा नेपालVभारतबीच प्रस्तावित न्यु बुटवलVगोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणको मोडालिटी टुंग्याउने र इनर्जी बैंकिङको विषयमा छलफल हुने एजेन्डा छ।

बैठकमा १३२ केभीको कटैयाVकुसाहा र रक्सौलVपरवानीपुर दोस्रो सर्किट निर्माण र भारतीय लगानीमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको विषयमा समेत छलफल हुनेछ। नेपालले आगामी वर्षदेखि वर्षायाममा उत्पादित विद्युत् खेर जाने भन्दै भारतसँग इनर्जी बैंकिङको प्रस्ताव राखेको थियो। नेपाललाई विद्युत् बढी भएको बेलामा भारत लैजाने र आवश्यक पर्दा सोही परिमाणमा विद्युत् भित्र्याउने अवधारणा नै इनर्जी बैंकिङ हो।

नेपालमा वर्षायाममा विद्युत् उत्पादन बढी हुन्छ भने माग कम हुन्छ। भारतमा भने कृषिजन्य प्रयोजनका लागि विद्युतको उच्च माग हुन्छ। दुई देशबीचको विद्युत् मागको यो भिन्नताले इनर्जी बैंकिङलाई सघाउने नेपालको विश्वास छ। न्यु बुटवलVगोरखपुर अन्तरदेशीय प्रसारण लाइनको निर्माण मोडालिटी टुंग्याउन नेपाल विद्युत् प्राधिकरण र भारतीय केन्द्रीय विद्युत् प्राधिकरणका पदाधिकारी सम्मिलित टोली गठन गरेको कान्तिपुर अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु