फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पश्चिमाञ्चलको बाग्लुङ जिल्लामा खानी उत्खननको संभाव्यता अध्ययन

(GMT+08:00) 2019-01-23 15:16:32

पश्चिमाञ्चलको बागलुङ जिल्लाको एक नगरपालिकाले नगरभित्र रहेको विभिन्न खानी उत्खनन् गर्ने उद्देश्यले सम्भाव्यता अध्ययन शुरु गरेको छ। बागलुङ नगरपालिकाले पुराना फलाम तथा तामा खानीको सम्भाव्यता अध्ययनका लागि प्राविधिक टोली झिकाएर अध्ययन थालेको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो।

खानी तथा भूगर्व विभागबाट दुई प्राविधिक टोली ल्याएर रायडाँडा र तित्याङमा रहेका पुराना तामा तथा फलाम खानीको अध्ययन थालिएको हो। प्राविधिक टोलीले रायडाँडा र तित्याङका पाँच पुराना खानीको अध्ययन गरेको थियो। पाँचमध्ये चारबाट तामा र एकबाट फलाम निकाल्न सकिने प्राविधिक टोलीले बताएको छ। रायडाँडाको खानी गाउँ, खानी दुला, सरलेङ्मा तामाखानी रहेको र फालाम खानी गाउँमा फलाम खानीको सम्भावना रहेको वडा नं११ रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो। त्यस्तै वडा नं ९ तित्याङको अडाँडामा तामा खानीको सम्भावना रहेको प्राविधिक टोलीले बताएको छ। तामा तथा फलाम खानीको सम्भाव्यता अध्ययनका लागि नगरपालिकाले रु १० लाख बजेटसमेत विनियोजन गरेको थियो।

"हामी नगरलाई कसरी समृद्ध गराउने भन्ने सोचमा छौँ", नगरप्रमुख पौडेलले भन्नुभयो। खानीबाट तामा र फलाम निकाल्न सकेमा वडाका साथै सम्पूर्ण नगर समृद्ध हुन सक्दछ। अहिले सम्भाव्यता अध्ययन गरेका खानीबाट करीब ५० वर्ष पहिला स्थानीय स्रोत तथा साधनबाट तामा र फलाम निकालिएको थियो। सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा आगामी दिनमा खानीसम्म जाने सडक तथा आवश्यक पूर्वाधार निर्माण गरेर तामा तथा फलाल उत्पादन गर्ने नगरले लक्ष्य लिएको गोरखापत्र अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु