फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्वारा समस्त वृद्धसेनाप्रति वसन्त चाडको शुभकामना

(GMT+08:00) 2019-01-23 16:24:18

चिनियाँ केन्द्रीय सैन्य आयोगले पैचिङस्थित वृद्ध सेना कार्यकर्ताहरूप्रति सम्मान तथा वसन्त चाड साँस्कृतिक कार्यक्रम जनवरी 22 तारिख दिउँसो पैचिङमा आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् चिनियाँ कन्द्रीय सै‍न्य आयोगका अध्यक्ष सी चिन फिङले उक्त साँस्कृतिक कार्यक्रममा सहभागी भएका वृद्ध सेना कमरेडहरू, कार्यकर्ताहरूप्रति चाडको अभिवादन र वसन्त चाडको शुभकामना दिनुभएको छ।

चिनियाँ पात्रोअनुसार चीनको परम्परागत चाडपर्व सुँगुर वर्षको वसन्त चाड आउनै लागेको छ। नयाँ चीनको स्थापना गर्न, संरक्षण गर्न र निर्माण गर्न, रक्षा कार्य र सेनाको निर्माण, सुधार र विकासका लागि टड्कारो योगदान दिएका पैचिङस्थित सेनाका पाका कमरेडहरूले भेला भएर वसन्त चाडको स्वागत गरेका छन्।

राष्ट्राध्यक्ष सीले सबैसँग हात मिलाउनुभयो भने पाका कमरेडहरूको स्वास्थ्य अवस्था र जीवन अवस्थाबारे जानकारी लिनुभयो। सीले विगत एक वर्षमा चिनियाँ कम्युनिष्ट पार्टी, देश र सेनाको कामले प्राप्त गरेको नयाँ उपलब्धिको पुनरावलोकन पनि गर्नुभयो।

जानकारी तथा लेखहरु