फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलन2019 स्विजर्ल्याण्डको दाभोसमा शुरु

(GMT+08:00) 2019-01-23 16:25:18

विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलन 2019 जनवरी 22 तारिखदेखि स्विजर्ल्याण्डको दाभोसमा शुरु भएको छ। विभिन्न पक्षले विश्वव्यापीकरण 4.0 को सिर्जनाबारे छलफल गर्ने छ। उक्त वार्षिक सम्मेलन शुरु भएको पहिलो दिन "चीन" उक्त सम्मेलनको तातो शब्द बनेको छ।

विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलन 2019 शुरु हुनुअघिको दिन अन्तर्राष्ट्रिय मुद्रा कोष संगठनले दाभोसमा "विश्व अर्थतन्त्रको अनुमानित प्रतिवेदन"को पछिल्लो विषय सार्वजनिक गरेको छ। विश्व आर्थिक मञ्चका संस्थापक एवम् कार्यकारी अध्यक्ष क्लाउस मार्टिन स्च्वाबले 22 तारिख बिहान उक्त वार्षिक सम्मेलनको उदघाटन समारोहमा बहुपक्षीयतावादले करोडौंलाई गरिबीबाट मुक्त गर्न सघाएको भन्दै विश्वव्यापीकरणबाट केही विफल र गरिबीको चपेटामा परेकाको उदाहरण दिँदै विश्व चुनौतीको सामु विभिन्न पक्षले विश्वव्यापीकरणलाई फेरि सुव्यवस्थित पार्नुपर्ने कुरा बताउनुभयो।

22 तारिख विहान आयोजना भएको "विश्वको बैकिङ जोखिमको सोचविचार"भन्ने छलफलमा चीनको अर्थतन्त्र केन्द्रीय विषय बनेको छ। चिनियाँ सिक्योरिटीज अनुगमन समितिका उपाध्यक्ष फाङ सिङ हाईले सन् 2019मा चीनको जी.डी.पी.को वृद्धि गति करीब 6 प्रतिशत पुग्ने पूर्वानुमान गर्नुभयो।

जनवरी 23 तारिख विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलन 2019ले चीनका उप राष्ट्राध्यक्ष वाङ छि शान, जर्मनीका चान्सलर एजेन्ला मर्केल, जापानका प्रधानमन्त्री सिन्चो अन्बे लगायतलाई स्वागत गर्ने छ।

जानकारी तथा लेखहरु