फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको विकास महत्वपूर्ण रणनीतिक अवधिमा

(GMT+08:00) 2019-01-24 14:40:59

चीनको विकास अनुसन्धान विचार मञ्च हालै पैचिङ्गमा आयोजना भएको छ। यस मञ्चमा भाग लिएका धेरै प्रसिद्ध विद्वानहरूका अनुसार वर्तमान चीनको विकास निरन्तर रुपमा महत्पूर्ण रणनीतिक अवधिमा गइरहेको छ। आपूर्ति-क्षेत्र सुधारलाई प्रधान कामको रुपमा लिई विभिन्न क्षेत्रको नीतिलाई व्यवहारमा उतार्नुका साथै उच्च गुणस्तरको नयाँ विकास अवस्था सिर्जना गर्दै जानुपर्छ।

यस मञ्चले"अभिनवको खुलापन गर्दै चीनको उच्च गुणस्तरको अर्थतन्त्रलाई प्रवर्द्धन"भन्ने मुख्य विषय लिएको छ। चीनको राज्य परिषदको विकास अनुसन्धान केन्द्रका प्रमुख ली वीले यस मञ्चमा भाषण दिनुभएअनुसार सारा विश्वको बैकिङ्ग संकट भएदेखि यता वित्तीय उतार चढाव र आयको वितरण चर्को बन्दै गएको छ। सुस्त उत्पादकत्व आदि समस्याले सारा विश्वको अर्थतन्त्रको प्रवर्द्धन शक्तिलाई कम्जोर बनाएको देखिन्छ। साथै नयाँ चरणको औद्योगिक क्रान्ति पुनरुत्थान भैरहेको छ। सारा विश्वको नयाँ व्यवस्थापन प्रणाली सुव्यवस्थित बन्दै गएको छ। चीनको विकास निरन्तर रुपमा महत्वपूर्ण रणनीतिक अवधिमा गइरहेको छ। उहाँले भन्नुभयो:यदि चीनले आफ्नो संस्थागत श्रेष्ठतालाई अझ राम्ररी निर्वाह गर्दै चौतर्फी रुपमा सुधारलाई गहन पार्नुका साथै निरन्तर रुपमा खुल्लापनले सुधारको प्रवर्द्धन गर्रने हो भने चीनको अर्थतन्त्रको विकासका लागि लगातार नयाँ प्रवर्द्धन शक्ति भित्र्याइने छ। साथै विश्वका विभिन्न मुलुकबीचको सहयोगलाई विस्तार गर्दै सारा विश्वको व्यवस्थापन र नयाँ वैश्वीकरणको परिपार्टीको निर्माणमा सक्रिय भाग लिनुपर्छ।

चीनको राज्य परिषदका सल्लाहकार फाङ्ग निङ्गको विचारमा विश्व बैंकद्वारा सार्वजनिक पछिल्लो वाणिज्य वातावरण प्रतिवेदन अनुसार चीन 46औं स्थानमा बसेको छ भने गत वर्षको तुलनामा 32स्थानले बढेको छ। जसबाट चीनको"नीति तथा नियन्त्रित अधिकारलाई सजिलो बनाउनु"भन्ने नीतिको प्रगति अभिव्यक्त भएको छ।

चीनको अन्तर्राष्ट्रिय आर्थिक आदानप्रदान केन्द्रका प्रधान अर्थशास्त्री छन वन लिङ्गका अनुसार वर्तमान आर्थिक बृद्धि दर,पूर्ण पूर्वाधार प्रबन्ध,शहरीकरण प्रक्रिया आदि कारकतत्वबाट लाभान्वित भएर चीनले मध्य उच्च गतिको आर्थिक बृद्धि दरलाई कायम राख्ने सम्भावना रहेको छ। तापनि सेवा उद्योगले विनिर्माण उद्योगलाई सजिलो रुपमा विस्थापन गर्नुहुँदैन। उहाँले भन्नुभयो:हाम्रो मुलुकको नयाँ क्षेत्रीय प्रारुपमा विनिर्माण उद्योगले मध्य पश्चिमी भागतर्फ विकसित भैरहेको छ। अन्तर्सिमा सहयोग क्षेत्रलाई नयाँ औद्योगिक प्रणालीको रुपमा निर्माण गर्ने छ। साथै हामीले चीनको उत्पादन क्षमतालाई एक नयाँ चरणमा प्रतिस्पर्धाको श्रेष्ठ दिलाउने छौं।

जानकारी तथा लेखहरु