फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने

(GMT+08:00) 2019-01-24 14:42:56

भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् भारतको आयोजनामा तेस्रो कृषि प्रदर्शनी आयोजना गर्न लागिएको हो। यसअघिका वर्षमा कृषि प्रदर्शनी काठमाडौं आयोजना गरिँदै आएको थियो।

नेपाल उद्योग परिसंघ, उद्योग वाणिज्य संघ चितवन लगायत संघसंस्थाको सहकार्यमा चितवन उद्योग संघले निर्माण गरेको प्रदर्शनी केन्द्रमा आयोजना गर्न लागिएको हो। प्रदर्शनी केन्द्र अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसार बनेकाले केन्द्रमा प्रदर्शनी आयोजना गर्न लागिएको मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले बताउनुभयो। कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ। प्रदर्शनी माघ ११, १२ र १३ गते आयोजना हुँदैछ। प्रदर्शनीमा नेपाल, भारत, चीन, इजरालय, मलेसिया, इटली पोल्यान्ड, अर्जेन्टिना लगायत १५ देशका कृषि र कृषि प्रविधि सम्बन्धी स्टल राखिने उहाँले जानकारी दिनुभयो। एक सय ५० स्टल रहने प्रदर्शनीमा आधा नेपाली र आधाजसो विदेशी स्टल रहने उहाँको भनाइ छ। कुखुरापालन, माछापालन, बाख्रपालन, गाईभैंसीपालन, खेतीलाई व्यावसायिकरण गर्नेसँगै कृषि कार्यमा प्रयोग गरिने औजार र आधुनिक प्रविधिबारे प्रदर्शनीबाट जानकारी लिन सकिने उहाँले बताउनुभयो। प्रदर्शनीमा १५ देशका करिब चार सय ब्रान्डका औजार, उत्पादन, उपकरण लगायतको सहभागिता रहनेछ। प्रदर्शनीका क्रममा मल, बीउबीजनसँग सम्बन्धित कार्यशाला समेत सञ्चालन गरिने नागरिकन्यूज डटकमले लेखेको छ।

जानकारी तथा लेखहरु