फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्वारा चौतर्फी गहन सुधार सम्बन्धी सम्मेलनको अध्यक्षता

(GMT+08:00) 2019-01-24 15:49:56

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष, चौतर्फी रुपमा गहन सुधार सम्बन्धी केन्द्रीय समितिका प्रमुख सी चिन फिङले जनवरी 23 तारिख दिउँसो चौतर्फी रुपमा सुधारको गहनता सम्बन्धी केन्द्रीय समितिको छैठौं सम्मेलनको अध्यक्षता गर्नुका साथै सम्बोधन गर्नुभएको छ।

सो अवसरमा सीले चिनियाँ कम्युनिष्ट पार्टीको एघारौं केन्द्रीय समितिको तेस्रो पूर्ण अधिवेशनले सुधार तथा खुलापन र समाजवादी आधुनिक निर्माणको ऐतिहासिक नयाँ अवधि शुरु गरेको र चौतर्फी रुपमा गहन सुधारको नयाँ युग शुरु गरेको बताउँदै चीनको सुधार तथा खुलापनको नयाँ अवस्था शुरु गरेको दोहोर्याउनुभयो। सीले सन् 2020सम्म महत्वपूर्ण क्षेत्रहरुको सुधारले निर्णायक उपलब्धि हासिल गर्न निरन्तर रुपमा प्रयास गर्नुपर्ने भन्दै हरेक काममा सफलताको प्रत्याभूति हुनुपर्ने, चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं केन्द्रीय समितिको तेस्रो पूर्ण अधिवेशनमा बन्दोबस्त गरिएको सुधारको कार्य पूरा गर्नका लागि निर्णायक जग बसाल्नुपर्ने कुरामा पनि उहाँले जोड दिनुभयो।

जानकारी तथा लेखहरु