फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विभिन्न मुलुकले विकासको ठूलो केक बनाउनुप‍र्ने विशेषज्ञको भनाई

(GMT+08:00) 2019-01-24 15:51:37

स्थानीय समय अनुसार जनवरी 23 तारिख चीनका उप-राष्ट्राध्यक्ष वाङ छि शानले विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलन 2019 मा सम्बोधन गर्नुभएको छ। उहाँले आर्थिक विश्वव्यापीकरणका क्रममा देखापरेको समस्याको समाधान गर्न रोगअनुसार उचित औषधी दिनुपर्ने, असन्तुलित विकासलाई सन्तुलित पार्नुपर्ने कुरा बताउनुभयो। धेरै विशेषज्ञहरूले विकासको ठूलो केक पाउनुपर्ने भन्दै विश्वका सर्वसाधारण यसबाट मात्रै लाभान्वित हुनसक्ने कुरा बताएका छन्।

चुङ युआन बैंकका प्रथम अर्थशास्त्री वाङ च्युनले चीनका नेताले आफ्नो प्रस्ताव प्रस्तुत गरेको बताउँदै विकासमार्फत विकासको असन्तुलन समाधान गर्नुपर्ने र ठूलो केक बनाएर राम्रोसँग केक वितरण गर्नुपर्ने कुरा बताउनुभयो।

चीनका प्रसिद्ध अर्थशास्त्री चाउ चिन फिङले चीनले आपूर्ति पक्षतर्फ संरचनात्मक सुधारलाई विकासको असन्तुलन समाधान गर्न अगाडि बढाउँदै आएको र सधैं नै आफ्नो काम राम्रोसँग गर्नुका साथै विश्वको विकासका लागि योगदान दिएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु