फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनलाई बुझ्ने साँचो

(GMT+08:00) 2019-01-24 16:46:02
बाह्य विश्वले चीनबारे कम थाहा पाएको र कहिलेकाहीं गलत बुझाइ वा व्याख्या गरिएको भन्ने अवस्था अन्तर्राष्ट्रिय आदानप्रदानका क्रममा चिनियाँहरूलाई गाह्रो लाग्ने कुराहरूमध्येको एक हो। बाह्य विश्व विशेष गरी पश्चिमा संसारले चीनको विकास, नीतिप्रति चाख राखे तापनि बुझ्न गाह्रो मान्दछ। दाभोस विश्व आर्थिक मञ्चमा सहभागी चिनियाँ उप-राष्ट्राध्यक्ष वाङ छिशानले इतिहास, संस्कृति तथा दर्शन यी ३ आयाम नै चीनलाई बुझ्ने साँचो हो भन्ने विचार प्रस्तुत गर्नुभएको छ। यसको अर्थ चीनको इतिहास, संस्कृति तथा दर्शनको दृष्टिकोणबाट चीनको विकास चमत्कार तथा आन्तरिक एवम् कूटनीति लगायत चीनबारे जानकारी लिँदा, बुझ्दा राम्रोसँग गर्न सकिन्छ।

चीनमा आर्थिक विकासमार्फत जनजीवन सुधारमा महत्व दिइएको छ। यसै विचारको आधारमा बनाइएका श्रृंखलावद्ध वस्तुगत तथा लचिलो आर्थिक सामाजिक नीतिबाट चिनियाँ समाजको सुधार तथा विकासलाई अघि बढाइरहेको छ। यसै क्रममा 'जनता केन्द्रित' राष्ट्रिय शासकीय विचारहरूले नै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकोमा कुनै शंका छैन।

वैदेशिक आदानप्रदानका क्रममा चीनले नयाँ ढाँचाको अन्तर्राष्ट्रिय सम्बन्धको निर्माण तथा सही नैतिक तथा हितकारी विचार प्रस्तुत गरेको छ। नयाँ ढाँचाको अन्तर्राष्ट्रिय सम्बन्धको 'नयाँ'को केन्द्र नै 'सहयोग तथा साझा विजय' हो। यसै विचारमा द्वन्द्वको सट्टामा सहयोग, आफू प्रयोग गर्नुको सट्टामा साझा विजयमा केन्द्रित गरिन्छ। 'सहयोग तथा साझा विजय' भन्ने विचारको उद्गम नै चिनियाँ राष्ट्रको ५ हजार वर्षको परम्परागत संस्कृति, विचार तथा नयाँ चीनको कूटनैतिक व्यवहार हो।

बितेका ५ वर्षमा चीनले प्रस्ताव गरेको बेल्ट एण्ड रोडको चिनियाँ परम्परागत सांस्कृतिक जग पनि छ। विश्वव्यापीकरणको पृष्ठभूमिमा गरिबी नै मानवजातिको सबैभन्दा ठूलो शत्रुहरूमध्येको एक हो। विश्वमा सबैभन्दा ठूलो विकासोन्मुख मुलुक, विश्वको दोस्रो ठूलो अर्थतन्त्र नै चीनले आर्थिक तथा सामाजिक द्रूत विकासका क्रममा अनुभव हासिल गरेर आर्थिक शक्ति बढाएको र वैज्ञानिक प्रगति पनि हासिल गरिरहेको छ। चीनले अन्य मुलुकसँग उपलब्धि बाँड्ने, वैचारिक आदानप्रदान गर्ने र संयुक्त विकास गर्ने इच्छा लिइरहेको छ।

दाभोस मञ्चलाई सम्बोधन गर्दै उप-राष्ट्राध्यक्ष वाङले औंल्याउनुभयो कि चीनको अवस्था अनुकूल युगसँग मेल खाएको सही बाटोमा हिंडिरहेको चीनले सुधार तथा खुलापनका क्रममा चिनियाँ विशेषतायुक्त समाजवाद उन्मुख सुधार र विकास गर्दै जानेछ।

उहाँले अगाडि भन्नुभयोः हिजो, आज र भोलिबीच घनिष्ट सम्बन्ध छ र वास्तविक चीन बुझ्नको लागि चीनको इतिहासबारे जानकारी लिनुपर्छ जसबाट चीनबारे भविष्यवाणी गर्न सकिनेछ।

जानकारी तथा लेखहरु