फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा 'ग्रेटवालको संरक्षण समष्टिगत योजना' सार्वजनिक

(GMT+08:00) 2019-01-24 18:49:27

हालै चीनले 'ग्रेटवालको संरक्षण समष्टिगत योजना' सार्वजनिक गरेको छ। सो योजना चीनको संस्कृति तथा पर्यटन मन्त्रालय, राष्ट्रिय पुरातात्विक वस्तु व्यूरोले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्। यस योजनामा ग्रेटवालको संरक्षण, बिँडो थाम्ने तथा प्रयोग सम्बद्ध कामको सिद्धान्त, उद्देश्य तथा विषय एवम् व्यवस्थापनबारे स्पष्ट पारिएको छ।

राष्ट्रिय पुरातात्विक वस्तु व्यूरोका प्रमुख लीउ युचुले २४ तारिख बोल्दै सो योजनाबाट ग्रेटवाल संरक्षण, बिँडो थाम्ने तथा प्रयोग सम्बन्धि दीर्घकालीन कार्य प्रणाली स्थापित गरिएको साथै विभिन्न प्रान्तहरूमा ग्रेटवाल संरक्षण कार्य दीर्घकालीन रूपमा जारी राख्नको लागि महत्वपूर्ण सन्दर्भ राखिएको औंल्याउनुभएको छ।

थाहा भएअनुसार, ग्रेटवाल चीनमा विद्यमान सबैभन्दा ठूलो परिमाणको, सबैभन्दा ठूलो क्षेत्रफल ढाकिएको सांस्कृतिक सम्पदा हो। ग्रेटवालका केही भागको इतिहास २००० वर्ष भन्दा पुरानो छ।

जानकारी तथा लेखहरु