फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले "बेल्ट एण्ड रोड"अन्तर्राष्ट्रिय सहयोगलाई अघि बढाउनेः चीनको परराष्ट्र मन्त्रालय

(GMT+08:00) 2019-01-24 18:56:41

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यिङले जनवरी 24 तारिख चीन सधैं नै बहुपक्षीयतावादको समर्थन, संरक्षण र कार्यान्वयन गर्ने पक्ष भएको बताउँदै चीनले चौतर्फी बाह्य खुलापनलाई अगाडि बढाउने, "बेल्ट एण्ड रोड"अन्तर्राष्ट्रिय सहयोगलाई अघि बढाउने, अझै उच्च स्तरीय खुला ढाँचाको विश्व अर्थतन्त्रको सिर्जना गर्ने कुरा बताउनुभएको छ।

प्राप्त समाचार जनाइएअनुसार, जेनेभास्थित संयुक्त राष्ट्र संघीय कार्यालयका महाप्रबन्धक माइकल मोलरले दाभोसमा सञ्चार-माध्यमलाई अन्तर्वार्ता दिँदै बहुपक्षीयतावादको संरक्षणका क्षेत्रमा चीनको भूमिका निकै महत्वपूर्ण भएको कुरा बताउनुभयो। यसबारे प्रवक्ता व्हाले महाप्रबन्धक मोलरको कुरा झैं चीन सधैं नै बहुपक्षीयतावादको समर्थन, संरक्षण र कार्यान्वयनको पक्षमा रहिरहने कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु