फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दाभोसमा सहभागी भएर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

(GMT+08:00) 2019-01-26 14:13:47

स्वीट्जरल्याण्डमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली शनिबार स्वदेश फर्किनुभएको छ। बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली गत आइतबार त्यसतर्फ जानुभएको थियो।

स्वीट्जरल्याण्डको डाभोसमा आयोजित मञ्चको बैठकमा ओलीले 'दक्षिण एशियाको राजनीतिक परिदृश्य' र 'प्रजातन्त्रको भविष्य निर्धारण' विषयका दुई बेग्लाबेग्लै छलफलमा मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यसक्रममा ओलीले नेपालको वर्तमान राजनीतिक अबस्था र वर्तमान सरकारका सामाजिक, आर्थिक रुपान्तरणका प्राथमिकताबारे जानकारी दिनुभएको थियो।

विश्व आर्थिक मञ्च संसारका धनी देश मिलेर बनेको संगठन हो। नेपालले पहिलोपटक मञ्चमा सहभागिता जनाएको हो।

जानकारी तथा लेखहरु